नेभिगेशन
समाज

किम र छोरीले नयाँ पेस्तोल परीक्षण गर्दै गरेको तस्बिर सार्वजनिक

उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गरेका छन् । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनीसँगै उनकी किशोरी छोरी पनि शुटिङ रेन्जमा हतियार परीक्षण गर्दै देखिएकी छन्, जसले उत्तर कोरियाको भावी नेतृत्वबारे फेरि चर्चा बढाएको छ ।

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमले एक दिनअघि पेस्तोल तथा अन्य हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षण गर्नुभएको थियो । त्यस क्रममा हालै उत्पादनमा प्रवेश गरेको नयाँ पेस्तोलको प्रदर्शन गरिएपछि उहाँले शुटिङ रेन्जमा त्यसको प्रत्यक्ष परीक्षण गर्नुभएको थियो । परीक्षणपछि उक्त पेस्तोललाई उहाँले ‘उत्कृष्ट’ भन्दै मूल्याङ्कन गर्नुभएको केसिएनएले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समाचार एजेन्सीले आफ्नो लिखित विवरणमा किमकी छोरीको उपस्थितिबारे उल्लेख नगरे पनि सार्वजनिक तस्बिरहरूमा उनी वरिष्ठ सैन्य अधिकारीहरूसँगै पेस्तोल फायर गरिरहेको देखिन्छ । किमले कारखानाको भूमिका सेनादेखि सुरक्षा निकायसम्मका लागि पेस्तोल तथा अन्य हल्का हतियार आपूर्ति गर्न महत्त्वपूर्ण रहेको बताउँदै उत्पादन क्षमता विस्तार गर्न र थप आधुनिक उत्पादन लाइन स्थापना गर्न निर्देशन दिनुभएको केसिएनएले उल्लेख गरेको छ ।

Ncell
Extreme Energy

किमकी छोरी किम जु ए सन् २०२२ नोभेम्बरमा गरिएको लामो दूरीको मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसयता उनी आफ्ना बुबासँग विभिन्न सैन्य कार्यक्रम, कारखाना उद्घाटन र उच्चस्तरीय कूटनीतिक भेटघाटमा निरन्तर देखिँदै आएकी छन् ।

गत सेप्टेम्बरमा चीनको बेइजिङ भ्रमणका क्रममा पनि उनी किमसँगै देखिएकी थिइन् । त्यहाँ किम जोङ उनले चिनियाँ नेता सी जिनपिङसँग छ वर्षपछि पहिलो शिखर बैठक गरेका थिए । उनको बढ्दो सार्वजनिक उपस्थितिले दक्षिण कोरियाली गुप्तचर अधिकारी र विश्लेषकहरूलाई किमले उनलाई भविष्यको नेतृत्वका लागि तयार पारिरहेको हुन सक्ने अनुमान गर्न प्रेरित गरेको छ । उत्तर कोरियामा किम परिवारको शासनलाई चौथो पुस्तासम्म विस्तार गर्ने सम्भावनाबारे पनि यसले चर्चा बढाएको छ ।

गत महिना पनि राज्य सञ्चारमाध्यमले किम जु एलाई स्नाइपर राइफल परीक्षण कार्यक्रममा सहभागी भएको देखाएका थिए । त्यो कार्यक्रम सत्तारूढ वर्कर्स पार्टीको बैठकपछि आयोजना गरिएको थियो । बैठकमा किमले आगामी पाँच वर्षका लागि राजनीतिक तथा सैन्य प्राथमिकताहरू सार्वजनिक गरेका थिए ।

यसैबीच मङ्गलबार पेस्तोल कारखानाको निरीक्षणपछि किम र उनकी छोरीले नौसेनाको विध्वंसक जहाजबाट प्रक्षेपण गरिएको आणविक क्षमता भएको क्रुज मिसाइल परीक्षण पनि अवलोकन गर्नुभएको थियो । सो अवसरमा किमले आफ्नो नौसेनाको आणविक क्षमतालाई अझ तीव्र गतिमा विकास गर्नुपर्ने आवश्यकता दोहोर्‍याउनुभएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै