नेभिगेशन
सबै कुरा

यूएईबाट नेपाल आएको जहाजको शौचालयमा भेटियो नवजात शिशु, एक महिला प्रहरी नियन्त्रणमा

युएईबाट काठमाडौँ अवतरण भएको एअर अरेबियाको जहाजमा मृत नवजात शिशु फेला परेको छ । 

यूएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजे काठमाडौँ अवतरण गरेको जी ९५३६ उडान नम्बर जहाजको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेको हो ।

CG

शौचालयमा शिशु फेला परेसँगै प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरि  स्वास्थ्य जाँचका लागि केएमसी अस्पताल सिनामंगल लगिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उक्त नवजात शिशु कसरी त्यहाँ आयो भन्ने विषय एकिन नभएको समेत उनले बताए ।

यूयईबाट जहाज काठमाडौँ अवतरण गरेको भएपनि कुन देशका नागरिकले यात्रा गरेका थिए भन्ने पूर्ण विवरण विमानस्थल प्रशासनसँग आइनसकेको उनले बताए । 

सो घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...