नेभिगेशन
समाज

इनिशा हत्याका दोषिलाई कडा कारवाहीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ । इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै बिभिन्न समूहहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगाएतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले इनिशा बिकको हत्यारालाई कारवाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Ncell
Extreme Energy

साथै उनीहरुले सवै बलात्कारका घटनाहरुको निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।

पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानाध्यापक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ

प्रधानाध्यापक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ सिंगाहास्थित श्री न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपाने एक बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्...
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।