नेभिगेशन
समाज

बैठकमा बोल्दा बोल्दै‌ ढलेका एमाले नेता थापाको निधन

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । 

पार्टीले आयोजना गरेको बैठकमा बिहीवार बोल्ने क्रममा ढलेका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो । थापाले यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हाली सकेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।
‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी...