नेभिगेशन
समाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्याएको जानकारी दिए । १५ करोडको लागतमा अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भएपनि बिहीबारदेखि नियमित विद्युत् प्रसारण सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घरघरमा पुर्याइने छ । 
ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको छ ।

Ncell
Extreme Energy

ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए ।

विसं २०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघुजलविद्युत् आयोजना र पाँच वर्ष अगाडि आएको ढोरपाटन भुजीखोला लघुजलविद्युत आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले सास्ती भोग्दै आएको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । 

अध्यक्ष घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत करिब २५० बढी घरमा अहिलेसम्म विद्युत् नै पुगेको थिएन । 

“ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ, स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्, केन्द्रीय लाइन आयो, अब सहज हुनेछ”, अध्यक्ष घर्तीमगरले भने, “अब कोही पनि नागरिकले विद्युत सुविधा लिनबाट वञ्चित हुनुपर्ने छैन ।”

विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक र विद्यालयहरूमा पनि लाइन जोडिने भएको छ । ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

स्थानीय कुलबहादुर विकले स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा ढोरपाटनभरका बस्तीमा विद्युत् नपुगेको बताए । अब हरेक स्थानीयको घरका विद्युत् पुग्ने आस पलाएको उहाँको भनाइ छ । यहाँका अधिकांश स्थानीय बर्खायाममा ढोरपाटन र हिउँदमा बेँसी क्षेत्रमा बस्ने गर्छन् । बर्खाभरि अँध्यारोमा बस्न बाध्यता रहेको भन्दै अब उक्त समस्या समाधान हुने अपेक्षा लिएको विकले सुनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै