नेभिगेशन
समाज

कस्तो छ जेनजी आन्दोलनका आगजनी भएका भैंसेपाटीमास्थित मन्त्री निवासको अवस्था ?(तस्विरहरु)

 काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने  छ । तर नयाँ सरकार गठन भए पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था तत्काल सहज नहुने देखिएको छ ।

ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर भाद्र २४ गते भएको तोडफोड, लुटपाट र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूका लागि बसोबासको समस्या देखिएको हो । करिब एक अर्ब ३४ करोड रुपियाँ खर्चेर निर्माण गरिएको उक्त आधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्षमै क्षतिग्रस्त भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबार संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका 
अनुसार हालको अवस्थामा उक्त परिसरमा बस्न मिल्ने अवस्था छैन । त्यसैले नयाँ सरकारका मन्त्रीहरूका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिने योजना बनाइएको जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा आफ्नै घर भएका मन्त्रीले आफ्नै घरमा बस्न सक्ने तथा अन्य मन्त्रीका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाइने जनाइएको छ ।

Ncell
Extreme Energy

क्षतिग्रस्त मन्त्री निवास पुनर्निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । २७ वटा भवन रहेको परिसरमा धेरै क्षति पुगेका केही भवनको अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । प्राविधिक तथा आर्थिक मूल्याङ्कनपछि योग्य निर्माण कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने योजना छ ।
सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

The-ministerial-quarters-in-Bhaisepati_sidhakura8-1773377079.png

The-ministerial-quarters-in-Bhaisepati_sidhakura3-1773377019.png

The-ministerial-quarters-in-Bhaisepati_sidhakura2-1773377014.png

The-ministerial-quarters-in-Bhaisepati_sidhakura14-1773377024.png

The-ministerial-quarters-in-Bhaisepati_sidhakura1-1773377014.png

The-ministerial-quarters-in-Bhaisepati_Nepal-Photo-Library_NPL_1-1773377010.png

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै