नेभिगेशन
समाज

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

काठमाडौँ । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ ।

बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी दिए । उनले भने, “पटक–पटक भएका उधारो सहमतिले हामी  पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।”

Ncell
Extreme Energy

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फुर्केखोलाको पुल बगायो बाढीले, धादिङबेसी सम्पर्कविहीन

फुर्केखोलाको पुल बगायो बाढीले, धादिङबेसी सम्पर्कविहीन

बाढीले धादिङ फुर्केखोलाको पुल बगाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङ सदरमुकामको सडक पहुँच टुटेको छ ।
रसुवा बाढीः १२ जनाको उद्धार, १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः १२ जनाको उद्धार, १२ हेलिकोप्टर परिचालन

नेपाली सेनाका अनुसार, सेनाको हेलिकोप्टरमार्फत स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ र धुन्चेबाट ४ जना गरी हालसम्म जम्मा १२ जना जनालाई उद्धार गरिएको हो ।
उद्धारमा निजी हेलिकोप्टर पनि परिचालन गर्न ज्ञानेन्द्र शाहीको माग

उद्धारमा निजी हेलिकोप्टर पनि परिचालन गर्न ज्ञानेन्द्र शाहीको माग

राप्रपा सांसद ज्ञानबहादुर शाहीले रसुवा बाढीपछिको विपदको अवस्थामा उद्धार तथा राहतका लागि निजी हेलिकप्टर परिचालन गर्न माग गरेका छन् ।