नेभिगेशन
समाज

इनिशा हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

इनिशा बिकलाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले इनिशा बिकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, नारीहरुको सुरक्षा गर, घटनाको निष्पक्ष सम्मान गर लगाएतका नारा लगाएका थिए ।

Ncell
Extreme Energy

कालोपट्टी बाधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन नरोकिने जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको बताएका छन्।
बाढीले बेत्रावती बजारसम्मै पार्‍यो तहसनसह

बाढीले बेत्रावती बजारसम्मै पार्‍यो तहसनसह

भोटेकोसी नदीमा बाढी आउँदा बेत्रावती बजारसम्म प्रभावित बनेको छ ।
भोटेकोशी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव उच्च भएपछि रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ।

भर्खरै