नेभिगेशन
सबै कुरा

बल्खुमा सात बर्षअघि एक महिलाको हत्या गरि फरार रहेका एक जना पक्राउ

काठमाडाैँ : नेपाल प्रहरीले काठमाडौँंको बल्खुमा सात बर्षअघि एक महिलाको हत्या गरि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । 

२०७४ पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर नजिकै ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

CG

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका बर्ष ४६ को शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो ।

अधिकारी भने यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए । घटनाको अनुसन्धान गर्दा अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।..

प्रहरीका अनुसार मृतक अप्सरासंगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्यार गरेका थिए । हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केहि नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विश्वकर्मालाई बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...