नेभिगेशन
समाज

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्चः ३५ वर्षमाथिलाई खोप लगाईँदै

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ ।

जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँले बताए । अभियानअन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफ्लाइटिसका १५ जना सङ्क्रमित फेलापरेका छन्, तीमध्ये छ जनाको मृत्यु भइसकेको छ”, उनले भने, “सङ्क्रमणदर बर्सेनि बढ्दै जान थालेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)लाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको हो ।”

Ncell
Extreme Energy

जिल्लामा रोगको जोखिम बढ्दै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताउनुभयो । उहाँका अनुसार अभियानमार्फत जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी आव २०८०/८१ मा आठ जनामा सङ्क्रमण देखिएकोमध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रमुख चापागाईँका अनुसार जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । यिनीहरूले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापनिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।

विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी व्यक्तिमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण हुने गरेको तथ्याङ्क छ । यसमध्ये १० देखि १५ हजार जनाको मृत्यु हुने गरेको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।