नेभिगेशन
समाज

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नं को पिकअप जीप बागलुङ नगरपालिका–४ रातमाटास्थित मध्यपहाडी लोकमार्गमा आज भएको हो ।

दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र सोही ठाउँका २२ वर्षीय करण सहनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पठाइएको पाण्डेले बताए । उनले भने, “घाइतेहरूको उद्धार गरेर अहिले अस्पतालमा लिएका छौँ, गाडीमा सवार सबै यात्रु घाइते हुनुभएको छ, दुर्घटनाको खबर पाउँदा साथ प्रहरी खटिएर उद्धार गरेको हो ।”

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...