नेभिगेशन
सबै कुरा

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु, अवस्था तनावग्रस्त

धनुषा : धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएपछि हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । 

सोही नगरपालिकाका वडा नम्बर ५ का दीपनारायण मण्डलको गए राति मृत्यु भएको मृतकका परिवार र आफन्तले प्रहरी कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले प्रहरीको मोटरसाइकलमा आगजनी समेत गरेका छन् । 

CG

प्रहरीको कुटपिटले मण्डलको मृत्यु भएको भन्दै स्थानीयले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । आक्रोसित भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गर्दा स्थानीय शंकर मण्डल घाइते भएका छन् । हातमा गोली लागेका उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलमा अवस्था तनावग्रस्त रहेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...