नेभिगेशन
फोटो स्टोरी

यसरी हुँदैछ, सेतो मच्छिन्द्रनाथको रथ तयार(तस्बिरहरु)

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ बनाउने कार्य सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरु गरेको सेतो मच्छिन्द्रनाथ व्‍यवस्थापन समितिले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यस पटकको सेतो मच्छिन्द्रनाथको जात्रा चैत १२ गते परेकाले तृतीयाका दिन देखि नै रथ बनाउन थालिको हो। रथलाई बेतले बाध्‍ने गरिन्छ जसलाई नेवारी भाषामा 'पाउ' भन्‍ने गरिन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

Ncell
Extreme Energy

किम्वदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्‍नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ।

सोही परम्परा अनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ।उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्। धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ। तस्बिरहरुः बिजेन अमात्य र नेपाल फोटो लाइब्रेरी

seto-machindra12-1773979467.jpg

seto-machindra13-1773979466.jpg

seto-machindra11-1773979463.jpg

seto-machindra10-1773979463.jpg

seto-machindra7-1773979457.jpg

seto-machindra6-1773979457.jpg

seto-machindra5-1773979456.jpg

seto-machindra4-1773979456.jpg

seto-machindra3-1773979456.jpg

seto-machindra9-1773979460.jpg

seto-machindra8-1773979460.jpg

seto-machindra2-1773979456.jpg

seto-machindra-1773979455.jpg

seto-machindra1-1773979455.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फोटो स्टोरी
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...