नेभिगेशन
समाज

कटारी नगरपालिकाद्वारा एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान

उदयपुर । कटारी नगरपालिकाले चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको छ । नगरपालिकाले एकीकृत प्रवेश परीक्षा (एमबीबीएस) उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले कटारी  नगरपालिका–२ का अनिश पराजुलीलाई नगरपालिकाले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको बताए । ‘चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा (एमबीबीएस) उत्तीर्ण भई योग्यताक्रम सूचीमा समावेश, नगरपालिकाभित्र बसोबास गर्ने एक जना जेहन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था अनुसार अनिशलाई छनोट गरिएको हो,’ उनले भने, ‘नगरपालिकाले एमबीबीएस छात्रवृत्तिका लागि फागुन १३ गते आवेदन आह्वान गरेको थियो। जसमा अनिशले आवेदन दिएर छनौट भएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर श्रेष्ठका अनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीले एमबीबीएस अध्ययन पूरा गरेपछि नगरपालिकामै दुई वर्ष सेवा गर्नुपर्नेछ। अनिशले मावि कल्याणपुर बाट माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा उत्तीर्ण गरेका थिए। 

Ncell
Extreme Energy

एसईई पछिको अध्ययन त्रिवेणी माविमा ११ र १२ कटारी नगरपालिकाले निःशुल्क सञ्चालन गरेको विज्ञान संकाय बाट छात्रवृत्तिमा अध्ययन गरेका पहिलो ब्याचको विद्यार्थी हुन्। 
 
सामाजिक विकास समिति संयोजक सुविन ढुंगानाका अनुसार नगरपालिकाले प्रत्येक वर्ष अनिशलाई १० लाख रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउनेछ र एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि–२०८२ अनुसार अनीशलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका, गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययनतर्फ प्रोत्साहन गर्ने र नगरस्तरमै एमबीबीएस डाक्टर उत्पादन गरी नगरवासीलाई दिगो तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको ढुंगानाले बताए ।

कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले नगरपालिकाले गरिब, जेहेन्दार विद्यार्थीलाई उच्च शिकित्साशास्त्र अध्ययनका लागि छात्रबृति प्रदान गर्दै नगरकै स्थानीयलाई उच्च स्वास्थ्य शिक्षा प्रदान गरेर गाँउमै सेवा प्रदानका लागि जनशक्ति प्रदान गर्न लागेको बताए । मेयर श्रेष्ठका अनुसार दक्ष चिकित्सक शिक्षासंगै अन्य शिक्षा क्षेत्रमा समेत छात्रबृतिका कार्यक्रम संचालन गर्दै समाजका लागि आवश्यक जनशक्ति तयार गर्न लागेको बताए ।

नगर प्रमुख श्रेष्ठले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना अनुसार काम गरिरहेको बताए। ‘यो तत्कालै परिणाम देखिने विषय होइन, आगामी वर्षहरूमा यसको प्रभाव देखिनेछ,’ उनले भने, ‘नगरभित्रकै विद्यार्थीलाई उच्च शिक्षा दिलाएर स्थानीयस्तरमै सेवा दिने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौं।’

मेयर श्रेष्ठले भने ‘शिक्षामा सुधार गर्दै हामीले नगरपालिका भित्रका गरीब ,जेहेन्दार ,विपन्न लाई विज्ञान संकाय पढ्न बाहिर जानु नपरोस् भनेर हामीले त्रिवेणी माविमा निःशुल्क  विज्ञान संकाय सञ्चालन गरेका छौं, त्यो रिजल्ट अहिले देखिन थालेको छ। हामीले छात्रावृत्ति प्रदान गरेको विद्यार्थीहरूले एमबिबिएस मा नाम निकाल्न सफल भएका छन्। यो हाम्रो लागि गौरवको विषय हो।’

अहिले आफुहरुले बनाएको मापदण्ड अनुरुप १ जना विद्यार्थीलाई पढाईदिने बताए । चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एकीकृत प्रवेश परीक्षामा  अनिशले ४३४५ औँ योग्यताक्रममा छनोट भएका थिए । छात्रबृति पाएका पराजुलीले एमबीबीएस अध्ययनका लागि नेशनल मेडिकल कलेज वीरगन्ज छनोट गरेको बताए ।

पराजुलीले भने ‘मलाई योग्य ठानी छात्रवृत्तिका लागि छनोट गर्नुभएकोमा नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दछु, मेहनतका साथ अध्ययन गर्नेछु।’ एमबीबीएस अध्ययन पूरा गरी दक्ष चिकित्सक बनेर आफ्नै नगरपालिकाका नागरिकलाई सेवा दिने लक्ष्य रहेको उनले बताए।

‘आर्थिक अवस्थाका कारण एमबीबीएस अध्ययन मेरो परिवारका लागि निकै चुनौतीपूर्ण थियो,’ उनले भने, ‘नगरपालिकाबाट प्राप्त यो छात्रवृत्तिले मेरो चिकित्सक बन्ने सपना साकार पार्न सहज बनाएको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।

भर्खरै