नेभिगेशन
समाज

काठमाडौँमा वर्षा जारी,  हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना

काठमाडौँ । काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ । विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताए । 

हुरीबतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ । यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले  आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ ।

Ncell
Extreme Energy

आइतबारदेखि मौसम खुल्ने 

जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले तीन दिन देशभर बदली, वर्षा र हिमपातको प्रभावस केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशभर आगामी तीन दिनसम्म बदलीसँगै वर्षा, हिमपात तथा चट्याङ्गको प्रभाव रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षा हुने सम्भावना छ ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कोशी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यीमध्ये कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुनसक्ने चेतावनी दिइएको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार शुक्रबार राति मौसम अझ सक्रिय हुने देखिएको छ । कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा वाग्मती प्रदेश र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

शनिबार दिउँसो पनि देशभर बदली कायम रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार राति भने मौसम केही सुधार हुँदै हल्का वर्षामात्र सीमित स्थानमा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने सङ्केत देखिएको छ । पहाडी र हिमाली भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ । केही स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको बुलेटिमा उल्लेख छ । । राति पनि अधिकांश स्थानमा आंशिक बदली रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने माहाशाखाको पूर्वानुमान छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका...
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।