नेभिगेशन
समाज

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा ठूला सवारीसाधन सञ्चालनमा आंशिक रोक लगाइएको हो । 

नारायणघाट-बुटवल सडक आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी विकास खनालका अनुसार आज दिउँसोदेखि परेको वर्षाले दाउन्ने खण्डको सडक चिप्लो भई विशेषगरी ठूला मालवाहक सवारीसाधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि सडक जाम कम गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी सञ्चालनमा आंशिक रोक लगाउने निर्णय गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि चैत ८ गतेसम्म हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सोही अवस्थालाई मध्यनजर गर्दै आजदेखि चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोक्ने निर्णय गरिएको छ ।

Ncell
Extreme Energy

सूचना अधिकारी खनालका अनुसार साना तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ । सो क्षेत्रमा सडक मर्मतसम्भारको काम भइरहेकाले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको उनले भने । योजना कार्यालयले यस अवधिमा सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका...
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।