नेभिगेशन
समाज

इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीले पीडित परिवारसंग निरन्तर सम्पर्क भइरहेको र दोषिलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाई हुने प्रतिवद्धता जनाए । अनुसन्धानका लागि प्रयाप्त रुपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिरर आउने उनको भनाई छ । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सवै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए । 

उनले भने, ‘सुर्खेत वा कुनैपनि घटनामा हामीले कानुनको अक्षरस पालना गर्दै तथ्य र प्रमाणको आधारमा काम गर्नुपर्ने हुन्छ । हामीले सुर्खेतमा पीडितको आवाजको सुनुवाई हुनुपर्छ भनेका छौँ । नेपाल प्रहरी, सरकारकी वकिल र न्यायालयको संयुक्त प्रयासमा कानुनको विषयवस्तुहरु राख्दै तथ्य र प्रमाणमा आधारित अनुसन्धान हुन्छ । हाम्रो लागि सबै नागरिक बराबर, सबै व्यत्तित्व बराबर, सबैको हकहित सुरक्षालाई  कानुन,न्याय, समानता, रंगभेद, जाती, रङ, भाषा संस्कृति, सबै किसिमको विभेदका विरुद्ध उभिदै काम गर्नुपर्ने कुरामा हामीले हाम्रा मान्छेहरुलाई निरन्तर क्रियाशील गराईराखेका छौँ । मेरो पक्षचाहीँ कमसेकम हामीले काम गर्दाखेरी तथ्यमा आधारित, कर्ममा आधारित, विषयवस्तुमा आधारित र न्यायमा आधारित, समानतामा आधारित, कानुनले प्रत्याभुत गरेका कुराहरुलाई सम्बोधन गर्ने प्रयत्न रहनेछ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।