नेभिगेशन
समाज

इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीले पीडित परिवारसंग निरन्तर सम्पर्क भइरहेको र दोषिलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाई हुने प्रतिवद्धता जनाए । अनुसन्धानका लागि प्रयाप्त रुपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिरर आउने उनको भनाई छ । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सवै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए । 

उनले भने, ‘सुर्खेत वा कुनैपनि घटनामा हामीले कानुनको अक्षरस पालना गर्दै तथ्य र प्रमाणको आधारमा काम गर्नुपर्ने हुन्छ । हामीले सुर्खेतमा पीडितको आवाजको सुनुवाई हुनुपर्छ भनेका छौँ । नेपाल प्रहरी, सरकारकी वकिल र न्यायालयको संयुक्त प्रयासमा कानुनको विषयवस्तुहरु राख्दै तथ्य र प्रमाणमा आधारित अनुसन्धान हुन्छ । हाम्रो लागि सबै नागरिक बराबर, सबै व्यत्तित्व बराबर, सबैको हकहित सुरक्षालाई  कानुन,न्याय, समानता, रंगभेद, जाती, रङ, भाषा संस्कृति, सबै किसिमको विभेदका विरुद्ध उभिदै काम गर्नुपर्ने कुरामा हामीले हाम्रा मान्छेहरुलाई निरन्तर क्रियाशील गराईराखेका छौँ । मेरो पक्षचाहीँ कमसेकम हामीले काम गर्दाखेरी तथ्यमा आधारित, कर्ममा आधारित, विषयवस्तुमा आधारित र न्यायमा आधारित, समानतामा आधारित, कानुनले प्रत्याभुत गरेका कुराहरुलाई सम्बोधन गर्ने प्रयत्न रहनेछ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...