नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरका विद्यालयमा अनुशासन इन्चार्ज (डिआई) राख्न नपाइने

काठमाडौँ महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका विद्यालयमा अनुशासन इन्चार्ज अर्थात डिआई राख्न नपाउने बताएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिकाभित्र संचालित केही विद्यालयहरुले डिआई राखेर विद्यार्थीलाई भय सिर्जना गराएको भन्दै विद्यालयमा डिआई नराख्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

‘काठमाडौँ महानगरपालिकाभित्र संचालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकरात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्नु नगराउने हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’, सूचनामा भनिएको छ  ।  

केही दिनअघि मात्र काठमाडौँको तिनकुनेमा रहेको हिमालयन ह्वाइटहाउस कलेजमा डिआईले विद्यार्थीमाथि दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।