नेभिगेशन
रोग र उपचार

विश्वभर एक करोड सात लाख सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

काठमाडौँ ।  ‘हो  हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ ।

सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस मनाइएको राष्ट्रिय क्षयरोग केन्द्र्रका निर्देशक डा. भुवन पौडेलले राससलाई जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुलुकमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेका बताउँदै उनले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिएको, प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको बताए । आर्थिक वर्ष २०८१ र ८२ मा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान भएका जानकरी दिदै उनले त्यसमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका बताए ।

Ncell
Extreme Energy

क्षयरोग नियन्त्रणका लागि सरकारले ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा सञ्चालन गरेको जानकारी दिदै उनले ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको बताए ।

औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालन रहेको तथा १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको, नौ वटा एआई जडित डिजिटल एक्स–रे सञ्चालन गरि क्षययोगका परीक्षण गरिरहेको जानकारी दिए । विश्वमा प्रत्येक वर्ष एक करोड सात लाखमा सक्रिय क्षयरोग रहेको जानकारी दिदै उहाँले जसमा १२ लाख ३० हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप रोग र उपचार
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।