नेभिगेशन
सबै कुरा

रविलाई आक्रमण गर्ने व्यक्ति सहकारी पीडित होइनन् : कास्की प्रहरी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार योजनाबद्ध भएको खुलेको छ । शनिबार पोखरामा आयोजित खुल्ला सभामा लामिछाने माथि खोया प्रहार भएको थियो । 

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाट योजनाबद्ध ढंगबाट कार्यक्रम स्थल पुगेको पाइएको छ । 

CG

कास्की प्रहरी प्रमुख  एसपी मोहन थापाका अनुसार अहिलेसम्म रानाभाटको पृष्ठभूमि खुलेको छैन । तर हालसम्मकाे अनुसन्धानमा उनी कुनै पनि सहकारीका पीडित हाेइनन् ।  उनका साथमा परिचय खुल्ने कुनै पनि कागजपत्र, मोवाइल लगायतका साधन नभएको प्रहरीले जनाएको छ ।  एसपी थापाका अनुसार उनी कुनै पनि सहकारीका पीडित सदस्य भएको देखिएको छैन । 

कान्तिपुरलाई निष्पक्ष पत्रकारिता गर्न रास्वपा सभापति लामिछानेको सुझाव

आक्रमण लगत्तै पक्राउ पर्ने र परिचय खुल्ने डरले उनले कुनै पनि परिचय खुल्ने साधन नबोकेको प्रहरीको आशंका छ । रानाभाटको साथमा विवरण खुल्ने केहि पनि कागजपत्र तथा साधन नहुनु र उनको पृष्ठभूमि हेर्दा रानाभाटलाई कसैले नियोजितरुपमा आक्रमणमा खटाएको  हुन सक्ने रास्वपा कास्कीका नेता उत्तम पाैडेलले बताए । "रानाभाटको साथमा विवरण खुल्ने केहि पनि कागजपत्र भेटिएन ।  उनको पृष्ठभूमि हेर्दा रानाभाटलाई कसैले नियोजितरुपमा आक्रमणमा खटाएको  हुनसक्ने देखिन्छ । "

उता लमजुङको राइनास नगरपालिका ८ का वडाअध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार लामिछानेलाई खोया प्रहार गर्ने रानाभाट पारिवारिकरुपमा एक्लो र आर्थिकरुपमा विपन्न हुन् । पालिकाको पिपलटारी भाटगाउँमा जन्मिएका रानाभाट सानै उमेरमा बुबा गुमाएका थिए भने आमाले अर्को विहे गरेकी थिइन् ।

पारिवारिक विछोडपछि गाउँ छोडेका रानाभाट डेढ वर्षअघि गाउँ आएका  थिए । वडाअध्यक्ष कृष्णबहादुरका अनुसार गाउँमा श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनी गाउँ फर्कीएका छैनन् । 

गाउँमा सम्पत्तीका नाममा थोरै पाखोबारी मात्रै भएका रानाभाट पोखरातिर अटो चलाउने आफूले सुनेको वडा अध्यक्ष कृष्णबहादुरको भनाई छ । 

सामान्य पढलेख गर्न मात्रै जानेका उनले राजनीतिक लाभ वा रास्वपा सभापति लामिछानेका विषयलाई लिएर सार्वजनिक मञ्चमै आक्रमण गर्न सक्ने अवस्थाका उनी नभएको वडा अध्यक्ष कृष्णबहादुर बताउँछन् । 

'म माथिकाे आक्रमण जनताको आक्रोश हो, खोया हान्नेलाई फूल दिएर घर पठाउ ' : रवि लामिछाने

वडा अध्यक्षका अनुसार उनि राजनीति बारे चासो राख्ने व्यक्तिनै होइनन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...