नेभिगेशन
सबै कुरा

रविलाई आक्रमण गर्ने व्यक्ति सहकारी पीडित होइनन् : कास्की प्रहरी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार योजनाबद्ध भएको खुलेको छ । शनिबार पोखरामा आयोजित खुल्ला सभामा लामिछाने माथि खोया प्रहार भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाट योजनाबद्ध ढंगबाट कार्यक्रम स्थल पुगेको पाइएको छ । 

Ncell
Extreme Energy

कास्की प्रहरी प्रमुख  एसपी मोहन थापाका अनुसार अहिलेसम्म रानाभाटको पृष्ठभूमि खुलेको छैन । तर हालसम्मकाे अनुसन्धानमा उनी कुनै पनि सहकारीका पीडित हाेइनन् ।  उनका साथमा परिचय खुल्ने कुनै पनि कागजपत्र, मोवाइल लगायतका साधन नभएको प्रहरीले जनाएको छ ।  एसपी थापाका अनुसार उनी कुनै पनि सहकारीका पीडित सदस्य भएको देखिएको छैन । 

कान्तिपुरलाई निष्पक्ष पत्रकारिता गर्न रास्वपा सभापति लामिछानेको सुझाव

आक्रमण लगत्तै पक्राउ पर्ने र परिचय खुल्ने डरले उनले कुनै पनि परिचय खुल्ने साधन नबोकेको प्रहरीको आशंका छ । रानाभाटको साथमा विवरण खुल्ने केहि पनि कागजपत्र तथा साधन नहुनु र उनको पृष्ठभूमि हेर्दा रानाभाटलाई कसैले नियोजितरुपमा आक्रमणमा खटाएको  हुन सक्ने रास्वपा कास्कीका नेता उत्तम पाैडेलले बताए । "रानाभाटको साथमा विवरण खुल्ने केहि पनि कागजपत्र भेटिएन ।  उनको पृष्ठभूमि हेर्दा रानाभाटलाई कसैले नियोजितरुपमा आक्रमणमा खटाएको  हुनसक्ने देखिन्छ । "

उता लमजुङको राइनास नगरपालिका ८ का वडाअध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार लामिछानेलाई खोया प्रहार गर्ने रानाभाट पारिवारिकरुपमा एक्लो र आर्थिकरुपमा विपन्न हुन् । पालिकाको पिपलटारी भाटगाउँमा जन्मिएका रानाभाट सानै उमेरमा बुबा गुमाएका थिए भने आमाले अर्को विहे गरेकी थिइन् ।

पारिवारिक विछोडपछि गाउँ छोडेका रानाभाट डेढ वर्षअघि गाउँ आएका  थिए । वडाअध्यक्ष कृष्णबहादुरका अनुसार गाउँमा श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनी गाउँ फर्कीएका छैनन् । 

गाउँमा सम्पत्तीका नाममा थोरै पाखोबारी मात्रै भएका रानाभाट पोखरातिर अटो चलाउने आफूले सुनेको वडा अध्यक्ष कृष्णबहादुरको भनाई छ । 

सामान्य पढलेख गर्न मात्रै जानेका उनले राजनीतिक लाभ वा रास्वपा सभापति लामिछानेका विषयलाई लिएर सार्वजनिक मञ्चमै आक्रमण गर्न सक्ने अवस्थाका उनी नभएको वडा अध्यक्ष कृष्णबहादुर बताउँछन् । 

'म माथिकाे आक्रमण जनताको आक्रोश हो, खोया हान्नेलाई फूल दिएर घर पठाउ ' : रवि लामिछाने

वडा अध्यक्षका अनुसार उनि राजनीति बारे चासो राख्ने व्यक्तिनै होइनन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...