नेभिगेशन
मुख्य समाचार

मौसम अपडेटः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ ।

कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार आइतवार दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Ncell
Extreme Energy

त्यसैगरी, आइतवार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाले जनाएको छ ।

देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नागढुंगा सुरुङमार्ग निजी सवारी साधनलाई खुला, के के छ नियम ? (तस्बिरहरू)

नागढुंगा सुरुङमार्ग निजी सवारी साधनलाई खुला, के के छ नियम ? (तस्बिरहरू)

परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ । ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ...
नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले उक्त भिडिओ कसरी सार्वजनिक भयो भनेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘भिडिओ कसरी सार्वजनिक भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौं’ डीएसपी...
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियाको बेलग्रेडमा असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियाको बेलग्रेडमा असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो । परराष्ट्र...
हिरासतको बयान सार्वजनिक गर्नु गोपनीयताको हनन् हो : फौजदारी कानुन विज्ञ आचार्य

हिरासतको बयान सार्वजनिक गर्नु गोपनीयताको हनन् हो : फौजदारी कानुन विज्ञ आचार्य

अपराध कानुनका विज्ञ सुवास आचार्यले प्रहरी हिरासतमा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कानुनविपरीतको कार्य भएको बताएका छन्।

भर्खरै