नेभिगेशन
सबै कुरा

तुलसा बिश्वकर्मालाई जातीय विभेद गरेको आरोपी स्वास्थ्य चौकीका इन्चार्जकाे परिवारनै पक्राउ

मुगु । मुगुको सोरु गाउँपालिका ९ स्थित खनया स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही जातीय विभेदको आरोपमा पक्राउ परेका छन् । 


CG

स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

सुरजविरुद्ध पीडित तुलसाले आइतबार प्रहरीमा जाहेरी दिएकी दर्ता भएर पक्राउ पुर्जी नै जारी भएको थियोे। उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

पीडित तुलसा कुमारी बिश्वकर्माले सुरजले आमा झ्यापुको पक्ष लिई  डेरा छोड्न दावाव दिएको, जातीय आधारमा  स्वास्थ्य चौकीको क्वाटरमा बस्न नदिएको जाहेरीमा दाबी छ।

जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झ्यापु शाही र  स्थानीय व्यापारी धनप्रसाद भट्टलाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ।

घटना बाहिर आएपछि  इन्चार्ज शाहीले सामाजिक सञ्जाल फेसबुकमा समेत जातीय विभेद हुने पोस्ट गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...