नेभिगेशन
सबै कुरा

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर बेहोस हुनेगरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

काठमाडाैँ : सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–४ की शारदा थापामाथि लेनदेनको विषयमा विवाद हुँदा उनलाई स्थानीयले पोलमा बाँधेर बेहोस हुनेगरी कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेको छ । 

CG

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमान सन्तोष थापा, स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरेको हो ।

उनीमाथि अभ्रद र अमानवीय व्यवहार भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट प्रहरी पुग्दा उनलाई पोलमा बेहोस अवस्थामा भेटिएको हो । उनलाई प्रहरीले उद्धार गरी सिन्धुली अस्पताल पुर्‍याएपछि होस खुलेको थियो । उनलाई अहिले सेफ होममा राखेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा शारदाका श्रीमान सन्तोषले जग्गा कारोबारका लाागि स्थानीयसँग ऋण लिएको र उक्त पैसा तिर्न नसक्दा परिवारमा झगडा गरेपछि शारदा डिभोर्स गर्ने चरणमा पुगेकी थिइन् । जसका लागि परामर्शका लागि अदालत पुगेकी उनलाई स्थानीयले अपहरण गरेर घरमा ल्याएर श्रीमान श्रीमति दुवैलाई पोलमा बाँधेर कुटपिट गरेका थिए । 

सुरुमा श्रीमान श्रीमति दुवैलाई कुटपिट गरेपनि पछि भने श्रीमति एक्लैलाई कुटपिट गरेका थिए। यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले आफूहरु अनुुसन्धानका क्रममा रहेका कारण अनुसन्धान सकिएपछि जानकारी गराउने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...