नेभिगेशन
सबै कुरा

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर बेहोस हुनेगरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

काठमाडाैँ : सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको कमलामाई नगरपालिका–४ की शारदा थापामाथि लेनदेनको विषयमा विवाद हुँदा उनलाई स्थानीयले पोलमा बाँधेर बेहोस हुनेगरी कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेको छ । 

Ncell
Extreme Energy

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमान सन्तोष थापा, स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरेको हो ।

उनीमाथि अभ्रद र अमानवीय व्यवहार भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट प्रहरी पुग्दा उनलाई पोलमा बेहोस अवस्थामा भेटिएको हो । उनलाई प्रहरीले उद्धार गरी सिन्धुली अस्पताल पुर्‍याएपछि होस खुलेको थियो । उनलाई अहिले सेफ होममा राखेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा शारदाका श्रीमान सन्तोषले जग्गा कारोबारका लाागि स्थानीयसँग ऋण लिएको र उक्त पैसा तिर्न नसक्दा परिवारमा झगडा गरेपछि शारदा डिभोर्स गर्ने चरणमा पुगेकी थिइन् । जसका लागि परामर्शका लागि अदालत पुगेकी उनलाई स्थानीयले अपहरण गरेर घरमा ल्याएर श्रीमान श्रीमति दुवैलाई पोलमा बाँधेर कुटपिट गरेका थिए । 

सुरुमा श्रीमान श्रीमति दुवैलाई कुटपिट गरेपनि पछि भने श्रीमति एक्लैलाई कुटपिट गरेका थिए। यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले आफूहरु अनुुसन्धानका क्रममा रहेका कारण अनुसन्धान सकिएपछि जानकारी गराउने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...