नेभिगेशन
समाज

यसरी मनाइयो, बौद्धमा तेमाल जात्रा(तस्बिरहरू)

काठमाडौँ । चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन्। प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइने यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। परम्पराअनुसार काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको मानिने यो जात्रामा दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बाल्ने, पूजापाठ गर्ने प्रचलन रहिआएको छ। जात्राका अवसरमा श्रद्धालुहरूले बौद्ध स्तूप परिसरमा छ्योमि (बत्ती) बाल्नुका साथै मृतकको नाममा ‘ङो’पूजा गरेका छन्। लामा गुरुहरूको नेतृत्वमा विशेष ुङोवा मोन्लमु पूजापाठ समेत सम्पन्न गरिएको थियो। तामाङ संस्कारअनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु घरमा सुरक्षित राखी बत्ती बालेर पूजा गर्ने चलन छ। सोही परम्पराअनुसार चैत्र पूर्णिमाको दिन बौद्धमा पूजापाठ गरी श्रद्धालुहरू बालाजु बाइसधारामा स्नान गर्न जाने र त्यसपछि स्वयम्भू पुगेर बत्ती बालेर अस्तु सेलाउने प्रचलन रहेको छ। यसरी पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग जाने विश्वास गरिन्छ।चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि सुरु हुने यो जात्रामा देशका विभिन्न जिल्लाहरू मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतबाट आएका तामाङ समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति रहने गर्छ।पूर्णिमाको बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाअर्चना गरेपछि जात्रा समापन हुने परम्परा छ।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Temal-Jatra_Nepal-Photo-Library_boudha_17-1775029994.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Temal-Jatra_Nepal-Photo-Library_boudha_8-1775029993.jpg

Ncell
Extreme Energy

Temal-Jatra_Nepal-Photo-Library_boudha_7-1775029975.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_6-1775029973.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_2-1775029949.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_3-1775029950.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_4-1775029960.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_5-1775029962.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_1-(1)-1775029947.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_1-1775029947.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...