नेभिगेशन
समाज

यसरी मनाइयो, बौद्धमा तेमाल जात्रा(तस्बिरहरू)

काठमाडौँ । चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन्। प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइने यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। परम्पराअनुसार काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको मानिने यो जात्रामा दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बाल्ने, पूजापाठ गर्ने प्रचलन रहिआएको छ। जात्राका अवसरमा श्रद्धालुहरूले बौद्ध स्तूप परिसरमा छ्योमि (बत्ती) बाल्नुका साथै मृतकको नाममा ‘ङो’पूजा गरेका छन्। लामा गुरुहरूको नेतृत्वमा विशेष ुङोवा मोन्लमु पूजापाठ समेत सम्पन्न गरिएको थियो। तामाङ संस्कारअनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु घरमा सुरक्षित राखी बत्ती बालेर पूजा गर्ने चलन छ। सोही परम्पराअनुसार चैत्र पूर्णिमाको दिन बौद्धमा पूजापाठ गरी श्रद्धालुहरू बालाजु बाइसधारामा स्नान गर्न जाने र त्यसपछि स्वयम्भू पुगेर बत्ती बालेर अस्तु सेलाउने प्रचलन रहेको छ। यसरी पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग जाने विश्वास गरिन्छ।चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि सुरु हुने यो जात्रामा देशका विभिन्न जिल्लाहरू मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतबाट आएका तामाङ समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति रहने गर्छ।पूर्णिमाको बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाअर्चना गरेपछि जात्रा समापन हुने परम्परा छ।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Temal-Jatra_Nepal-Photo-Library_boudha_17-1775029994.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Temal-Jatra_Nepal-Photo-Library_boudha_8-1775029993.jpg

Ncell
Extreme Energy

Temal-Jatra_Nepal-Photo-Library_boudha_7-1775029975.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_6-1775029973.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_2-1775029949.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_3-1775029950.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_4-1775029960.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_5-1775029962.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_1-(1)-1775029947.jpg

Temal-Jatra_Nepal-Photo-Library_boudha_1-1775029947.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...