नेभिगेशन
सबै कुरा

बारा प्रिन्सिपल हत्या प्रकरण : फरार सुटरमाथि गोली प्रहार गरी प्रहरीले लियो नियन्त्रणमा

बाराको कलैया उपमहानगरपालिका–६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो तर प्रहरीको फरार सूचीमा मुख्य सुटर ३२ वर्षीय सुजित सिंह । उनलाई जिल्लाको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे गोली हानेर पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

प्रिन्सिपलको हत्या गरेर फरार बनेका उनीसहित ४ जनाको समूह पुनः नेपाल प्रवेश गरेको खबर पाएको प्रहरीले उनलाई फलो गरिरहेको थियो । प्रहरीलाई देखेर भाग्न खोजेपछि प्रहरीले उनको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । 

उनको अहिले प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ । उनको हत्या आरोपमा यसअघि नै प्रहरीले राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई पक्राउ गरिसकेको छ । 

प्रहरीको फरार सूचीमा सिंहसहित २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी रहेका थिए । उनीहरुले मोटरसाइकलमा गएर प्रिन्सिपलमाथि गोली चलाएको सिसीटिभी फुटेजमा देखिएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...