नेभिगेशन
सबै कुरा

बारा प्रिन्सिपल हत्या प्रकरण : फरार सुटरमाथि गोली प्रहार गरी प्रहरीले लियो नियन्त्रणमा

बाराको कलैया उपमहानगरपालिका–६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो तर प्रहरीको फरार सूचीमा मुख्य सुटर ३२ वर्षीय सुजित सिंह । उनलाई जिल्लाको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे गोली हानेर पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । 

CG

प्रिन्सिपलको हत्या गरेर फरार बनेका उनीसहित ४ जनाको समूह पुनः नेपाल प्रवेश गरेको खबर पाएको प्रहरीले उनलाई फलो गरिरहेको थियो । प्रहरीलाई देखेर भाग्न खोजेपछि प्रहरीले उनको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । 

उनको अहिले प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ । उनको हत्या आरोपमा यसअघि नै प्रहरीले राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई पक्राउ गरिसकेको छ । 

प्रहरीको फरार सूचीमा सिंहसहित २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी रहेका थिए । उनीहरुले मोटरसाइकलमा गएर प्रिन्सिपलमाथि गोली चलाएको सिसीटिभी फुटेजमा देखिएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...