नेभिगेशन
सबै कुरा
समाजवादी मोर्चा :

आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा माेर्चामा साँझ छलफल हुने विप्लवकाे भनाई

अदालतबाट पक्राउ पुर्जी जारी भएर पनि बुधबार प्रधानमन्त्री निवासमै समाजवादी मोर्चाको बैठकमा भेला भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा साँझ छलफल हुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकबाट बाहिरिने क्रममा उनले साँझ ६ बजे पुनः बस्ने र त्यसमा आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा छलफल हुने बताएका हुन् । 

Ncell
Extreme Energy

‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्, यो विषयमा आजै साँझ ६ बजे बस्ने बैठकमा छलफल हुन्छ।’, उनले भने । 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, नेता घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी थिए । 

बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको थियो । 

२०८० असार ४ गते गठन भएको समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी संलग्न छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...