नेभिगेशन
सबै कुरा
समाजवादी मोर्चा :

आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा माेर्चामा साँझ छलफल हुने विप्लवकाे भनाई

अदालतबाट पक्राउ पुर्जी जारी भएर पनि बुधबार प्रधानमन्त्री निवासमै समाजवादी मोर्चाको बैठकमा भेला भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा साँझ छलफल हुने बताएका छन् ।

बुधबार बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकबाट बाहिरिने क्रममा उनले साँझ ६ बजे पुनः बस्ने र त्यसमा आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा छलफल हुने बताएका हुन् । 

CG

‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्, यो विषयमा आजै साँझ ६ बजे बस्ने बैठकमा छलफल हुन्छ।’, उनले भने । 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, नेता घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी थिए । 

बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको थियो । 

२०८० असार ४ गते गठन भएको समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी संलग्न छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...