नेभिगेशन
सबै कुरा

घुस लिएको आरोपमा पूर्व रजिस्ट्रारसमेत रहेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा घुस लिएको आरोप लागेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रारसमेत रहेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । उनले सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोप लागेको छ । 

Dish home
City Express

आरोपित पराजुलीलाई कास्की प्रहरीले पक्राउ गर्न पर्वत प्रहरीलाई आग्रह गरेको थियो । सोहीअनुरुप पर्वत प्रहरीले बुधबार उनलाई कार्यकक्षबाट नै पक्राउ गरेको हो । उनलाई बुधबारनै कास्की पठाउने तयारी भइरहेको छ । 

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।उनीहरु दुवैजना बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरगढी गाउँपालिका ६ घरभइ हाल भक्तपुर, सूर्यविनायक...
चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

चोरीको आरोप लगाएको निहुँमा कुटपिटहुदाँ एक महिलाको मृत्यु

मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा...
प्रहरी कुटपिटमा संलग्न दुई जना युवक पक्राउ

प्रहरी कुटपिटमा संलग्न दुई जना युवक पक्राउ

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई हाल काठमाडौँको मनोमैजु बस्ने २७ वर्षीय सौरभ...
कञ्चनपुर कारागारबाट निस्कीएका तीन सय ८८ कैदीबन्दी फिर्ता

कञ्चनपुर कारागारबाट निस्कीएका तीन सय ८८ कैदीबन्दी फिर्ता

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता...