नेभिगेशन
विदेशका कुरा

अमेरिकी गुप्तचरले भन्यो, 'इरान अझै आक्रमण गर्न सक्षम'

पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ  ।

प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्षम रहेको बताइएको छ । यसैगरी, इरानसँग ठूलो सङ्ख्यामा मिसाइलहरू र तटीय रक्षा प्रणालीका रूपमा प्रयोग हुने क्रुज मिसाइलहरूको उल्लेखनीय हिस्सा अझै बाँकी रहेको जनाइएको छ ।

Ncell
Extreme Energy

यी क्षमता होर्मुज जलडमरूमध्य नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छन् । इरानको नियमित नौसेनाका धेरै जहाजहरू नष्ट भए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित छुट्टै नौसैनिक बलले अझै करिब आधा क्षमता जोगाइराखेको बताइएको छ । यसअन्तर्गत सयौँदेखि हजारौँसम्म साना डुङ्गा तथा मानवविहीन जलयानहरू बाँकी रहेका छन् ।

गुप्तचर मूल्याङ्कनले इरानले भूमिगत संरचनाहरू प्रयोग गरेर आफ्ना मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित राख्न सफल भएको देखाएको छ । इरानले लामो समयदेखि सुरुङ र गुफाहरूको सञ्जालमा यस्ता संरचना लुकाउँदै आएको छ, जसले तिनीहरूलाई लक्ष्य बनाउन कठिन बनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही सम्पन्न गर्न दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गरे पनि गुप्तचर मूल्याङ्कनको अध्ययन गरेका स्रोतहरूले उक्त समयसीमा यथार्थपरक नभएको बताएका छन्।

हालसम्म पनि इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरू तथा अमेरिकी सेनाले इरानबाट हुने नियमित मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु

असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...

भर्खरै