नेभिगेशन
विदेशका कुरा

अमेरिकी गुप्तचरले भन्यो, 'इरान अझै आक्रमण गर्न सक्षम'

पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ  ।

प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्षम रहेको बताइएको छ । यसैगरी, इरानसँग ठूलो सङ्ख्यामा मिसाइलहरू र तटीय रक्षा प्रणालीका रूपमा प्रयोग हुने क्रुज मिसाइलहरूको उल्लेखनीय हिस्सा अझै बाँकी रहेको जनाइएको छ ।

Ncell
Extreme Energy

यी क्षमता होर्मुज जलडमरूमध्य नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छन् । इरानको नियमित नौसेनाका धेरै जहाजहरू नष्ट भए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित छुट्टै नौसैनिक बलले अझै करिब आधा क्षमता जोगाइराखेको बताइएको छ । यसअन्तर्गत सयौँदेखि हजारौँसम्म साना डुङ्गा तथा मानवविहीन जलयानहरू बाँकी रहेका छन् ।

गुप्तचर मूल्याङ्कनले इरानले भूमिगत संरचनाहरू प्रयोग गरेर आफ्ना मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित राख्न सफल भएको देखाएको छ । इरानले लामो समयदेखि सुरुङ र गुफाहरूको सञ्जालमा यस्ता संरचना लुकाउँदै आएको छ, जसले तिनीहरूलाई लक्ष्य बनाउन कठिन बनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही सम्पन्न गर्न दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गरे पनि गुप्तचर मूल्याङ्कनको अध्ययन गरेका स्रोतहरूले उक्त समयसीमा यथार्थपरक नभएको बताएका छन्।

हालसम्म पनि इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरू तथा अमेरिकी सेनाले इरानबाट हुने नियमित मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएका छन् ।
डाक्टरहरुले अब के गर्छन् ?

डाक्टरहरुले अब के गर्छन् ?

वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका चिकित्सकहरुले भोलिदेखि कस्तो आन्दोलन गर्ने भनेर छलफल थालेका छन् ।
लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडितहरुले आमरण अनशन सुरु गरिरहँदा सहकारी पीडितहरुले पनि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउँदै गएका छन् ।