नेभिगेशन
समाज

युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जना नेपालीको शव ल्याउन समस्या

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव स्वेदश ल्याउन समस्या भएको जनाएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान अवरुद्ध भएका कारण बिभिन्न कारणले मृत्यु भएका करिव ३८ जना नेपालीको शव फिर्ता समस्या भएकोप्रति गम्भीर रहेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले चैत्र १८ गते कुवेत एयरलाइन्सबाट ९ वटा शव ल्याइसकिएको र अरु शवहरु पनि ल्याउने कार्य अघि बढिसकेको जानकारी दिए । प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा युद्ध सुरुभएयता करिव साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएकोमा हाल असुरक्षित रहेको छु भन्ने नेपालीहरुको संख्या क्रमश घट्दै गएको उल्लेख गरे । 

Ncell
Extreme Energy

त्यसैगरि युद्धको समयमा अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा नराख्न गरिएको निर्देशन नेपालीहरुले पालना गरिरहेको भन्दै उहाले नियम उलंघन गर्ने केहि नेपालीहरु पक्राउ परेको जानकारी दिए । यस्ता घटनामा हालसम्म एघार जना नेपालीहरू पक्राउ परेको खवर प्राप्त भएको उनले बताए । उनले इरानमा रहेका ११ जना नेपालीहरु सुरक्षित अवस्थामा रहेको र दोहास्थीत नियोग सम्पर्कमा रहेको जानकारी दिए । 

प्रवक्ता क्षेत्रीले ठूलो समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्बन्धीत दुतावासमा सम्पर्क गर्न भनेको र आवश्यक सहजीकरण गर्ने काम अघि बढाइएको बताए । पश्चिम एसियाको युद्धका कारण ठूलो संख्यामा रोजगारी गुम्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...