नेभिगेशन
सबै कुरा

दुई नेपालीको अपहरण गरी ६ लाख फिराैती माग्ने ६ भारतीय अपहरणकारी पक्राउ

चितवनका दुई नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।

गत पुस ५ गते चितवनका  कृष्ण थापा र दीपेन्द्र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए ।  त्यसपछि सम्पर्कविहिन बनेका उनीहरु ७ गते मात्र सम्पर्कमा आएका थिए, तर अपहरणमा परेको भन्दै गुहार गर्दै । 

CG

 पुस ७ गते बेलुका थापाले मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ मागेको बताएका थिए ।

उनीहरुको गुहारपछि पीडितका आफन्त प्रहरीकहाँ पुगेका थिए । नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग माग गरेको थियो । भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गर्दा उनीहरुलाई पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले सकुशल उद्धार गरेको थियो । 

भारतीय प्रहरीले मंगलबार उनीहरुको उद्धार गरी रौतहट प्रहरीलाई जिम्मा लगाएको थियो  । रौतहट प्रहरीले पनि उनीहरुलाई परिवारको जिम्मा लगाएको छ ।

थापा र महतलाई अपहरण गरेको आरोपमा भारतीय नागरिकहरु राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ  ।  

भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते भएका छन्। उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ...
बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको...
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...

भर्खरै