नेभिगेशन
सबै कुरा

दुई नेपालीको अपहरण गरी ६ लाख फिराैती माग्ने ६ भारतीय अपहरणकारी पक्राउ

चितवनका दुई नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत पुस ५ गते चितवनका  कृष्ण थापा र दीपेन्द्र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए ।  त्यसपछि सम्पर्कविहिन बनेका उनीहरु ७ गते मात्र सम्पर्कमा आएका थिए, तर अपहरणमा परेको भन्दै गुहार गर्दै । 

Ncell
Extreme Energy

 पुस ७ गते बेलुका थापाले मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ मागेको बताएका थिए ।

उनीहरुको गुहारपछि पीडितका आफन्त प्रहरीकहाँ पुगेका थिए । नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग माग गरेको थियो । भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गर्दा उनीहरुलाई पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले सकुशल उद्धार गरेको थियो । 

भारतीय प्रहरीले मंगलबार उनीहरुको उद्धार गरी रौतहट प्रहरीलाई जिम्मा लगाएको थियो  । रौतहट प्रहरीले पनि उनीहरुलाई परिवारको जिम्मा लगाएको छ ।

थापा र महतलाई अपहरण गरेको आरोपमा भारतीय नागरिकहरु राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ  ।  

भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।