नेभिगेशन
समाज

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा काठमाडौँमा अपराधका घटनामा ११ हजार भन्दा बढी मुद्दा दर्ता भएको जनाएको छ । 

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको जनाएको हो । आर्थिक बर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धेरै संख्यामा दर्ता भएका उजुरीहरुमा बैकिंङ कसुर पहिलो नम्वरमा रहेको छ भने त्यसपछि क्रमश अभद्र व्यवहार, चोरी, ठगि, लागूऔषध, आत्महत्या, जवरजस्ती करणी, ज्यानमार्ने उद्योग लगाएत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । 

Ncell
Extreme Energy

उनले सुरक्षा व्यवस्थामा प्रविधिको प्रयोग गर्दै एआइ क्यामरामार्फत ५९ जना संकित मानिस पहिचान गरि पक्राउ गरिएको बताए । सोही अवधिमा १ सय ४५ हातहतियार बरामद भएको र ५२ जनालाई पक्राउ गरिएको, १ सय ७५ फरार कैदी र ९४ जना थुनुवाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

आर्थिक वर्ष २०८२/८३ मा १६ सय धर्ना, ४४३ विरोध/जुलुस भएको र ३ सय ५१ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । सार्वजनिक सेवा प्रवाह हुने स्थानमा दुख–हैरानी दिने ३०९ जनालाई पक्राउ गरिएको र ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको उनले बताए । 

त्यस्तै काठमाडौं प्रहरी परिसरले साइबर अपराध तथा नयाँ–नयाँ एप्लिकेसनहरूको संख्या तीव्र रूपमा बढेकाले पहिचान, निगरानी र नियन्त्रणमा कठिनाइ भइरहेको जनाएको छ । सचेत नागरिकहरूसमेत ठगीको शिकार हुनुपरेको र सामाजिक सञ्जालमा हुने कुप्रचार÷साइबर बुलिङले मानिसहरूको पारिवारिक तथा सामाजिक जीवनमा असर पारेको प्रवक्ता भट्टराईले बताए । 

उनले अपराधका घटना नियन्त्रण र न्यूनिकरण गर्न दैनिक १,१५० देखि १,१८० जना प्रहरी जनशक्ति क्षेत्र (फिल्ड) तथा चेकप्वाइन्टहरूमा खटाइने गरिएको र दैनिक २२० भन्दा बढी सवारी साधन चेकजाँच हुने गरेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।
रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन...

भर्खरै