नेभिगेशन
समाज

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।

साउन ८ गते मध्याह्न १२ बजेबाट सुरु भएको स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको करिब ५ मिनेट नबित्दै विभिन्न ह्वाट्सएप समूहहरूमा प्रश्नपत्र छताछुल्ल भएको थियो। ’एमबिएस फर्स्ट सेम सेक्सन सी’ नामक एक हजारभन्दा बढी सदस्य रहेको ह्वाट्सएप ग्रुपमार्फत प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ’टियु स्टुडेन्ट्स’ ले प्रश्नपत्रका स्क्रिनसटहरूसहित त्रिविको ध्यानाकर्षण गराएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक भएका स्क्रिनसटहरूमा ‘सुलभ सर’ भनिएका व्यक्तिले परीक्षा सुरु भएलगत्तै १२ः०५ बजेतिर प्रश्नपत्रको पीडीएफ फाइल पठाएको देखिएको छ। प्रश्नपत्र प्राप्त हुनासाथ ग्रुपमा रहेका विद्यार्थीहरूले सोलुसनसमेत पठाइदिन माग गरेका थिए। जवाफमा ‘सुलभ सर’ ले प्रश्नहरूको उत्तर (सोलुसन) समेत उपलब्ध गराएको भेटिएको छ।

Ncell
Extreme Energy

उक्त ग्रुपमा आबद्ध केही विद्यार्थीहरूले आगामी इकोनोमिक्स (अर्थशास्त्र) परीक्षामा पनि यसैगरी प्रश्नपत्र र उत्तरहरू उपलब्ध गराउन आग्रह गरेका थिए। ग्रुपको उद्देश्य ‘एकअर्कालाई सहयोग गरौँ’ राखिए पनि यो परीक्षाको मर्यादा, निष्पक्षता र विश्वसनीयतामाथि ठाडो प्रहार बन्न पुगेको छ। जबकी यसरी बाहिरिएको प्रश्नपत्रका भरमा परीक्षा दिएका केही विद्यार्थीहरूले आफूले ९५ अंकसम्म ल्याएको भन्दै ग्रुपमा खुसी साटासाटसमेत गरेका थिए।

घटना सार्वजनिक भएलगत्तै त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालय गम्भीर बनेको छ। परीक्षाको गोपनीयता भङ्ग भएको भन्दै शनिबार नै सहायक डीन डा. भरत राईले नेपाल प्रहरीको साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गर्दै संलग्न व्यक्ति तथा परीक्षा केन्द्रको पहिचान गरी हदैसम्मको कानुनी कारबाहीका लागि अनुरोध गरेका थिए।

त्यस्तै, परीक्षा नियन्त्रण महाशाखाले आइतबार यस घटनाको छानबिन गर्नका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित उक्त समितिमा अनुगमन निर्देशनालयका उप निर्देशक सह–प्रा.डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह–प्रा.डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिले घटनाको सत्यतथ्य छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्नेछ।

प्रश्नपत्र सार्वजनिक गरी परीक्षा प्रणालीमाथि गम्भीर खेलबाड गरेको आरोपमा प्रहरीले मुख्य योजनाकार मानिएका ‘सुलभ सर’ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले दिएको जानकारी अनुसार, शनिबारदेखि नै यस विषयमा आक्रामक ढङ्गले अनुसन्धान थालिएको थियो। मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग यस विषयमा गम्भीर छलफल गरेपछि साइबर ब्युरोले उनीहरूलाई पक्राऊ गरेको हो। नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका व्यक्तिहरूसँगको अनुसन्धानपछि प्रहरीले यस विषयमा थप विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।
रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन...

भर्खरै