नेभिगेशन
सबै कुरा

सिन्धुलीमा ३ दिनसम्म महिलालाई बाँधेर बेहोस हुनेगरी कुटपिट गर्ने समूहविरुद्ध शरीर बन्धकको मुद्दा

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट  गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लेनदेनको विषयलाई लिएर जिल्लाको कमलामाई नगरपालिका–४ की शारदा थापामाथि बेहोस हुनेगरी कुटपिट गरेको आरोपमा पीडितका श्रीमान् सन्तोष थापासहित पक्राउ परेका ७ जनामाथि शरीर बन्धकको कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

Ncell
Extreme Energy

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमान सन्तोष थापा, स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरेको थियो ।

उनीमाथि अभ्रद र अमानवीय व्यवहार भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट प्रहरी पुग्दा उनलाई पोलमा बेहोस अवस्थामा भेटिएको थियो। उनलाई प्रहरीले उद्धार गरी सिन्धुली अस्पताल पुर्‍याएपछि होस खुलेको थियो । उनलाई सेफ होममा राखेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा शारदाका श्रीमान सन्तोषले जग्गा कारोबारका लाागि स्थानीयसँग ऋण लिएको र उक्त पैसा तिर्न नसक्दा परिवारमा झगडा गरेपछि शारदा डिभोर्स गर्ने चरणमा पुगेकी थिइन् । जसका लागि परामर्शका लागि अदालत पुगेकी उनलाई स्थानीयले अपहरण गरेर घरमा ल्याएर श्रीमान श्रीमति दुवैलाई पोलमा बाँधेर कुटपिट गरेका थिए । 

सुरुमा श्रीमान श्रीमति दुवैलाई कुटपिट गरेपनि पछि भने श्रीमति एक्लैलाई कुटपिट गरेका थिए। यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...

भर्खरै