नेभिगेशन
सबै कुरा

सिन्धुलीमा ३ दिनसम्म महिलालाई बाँधेर बेहोस हुनेगरी कुटपिट गर्ने समूहविरुद्ध शरीर बन्धकको मुद्दा

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट  गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

लेनदेनको विषयलाई लिएर जिल्लाको कमलामाई नगरपालिका–४ की शारदा थापामाथि बेहोस हुनेगरी कुटपिट गरेको आरोपमा पीडितका श्रीमान् सन्तोष थापासहित पक्राउ परेका ७ जनामाथि शरीर बन्धकको कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

CG

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमान सन्तोष थापा, स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरेको थियो ।

उनीमाथि अभ्रद र अमानवीय व्यवहार भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट प्रहरी पुग्दा उनलाई पोलमा बेहोस अवस्थामा भेटिएको थियो। उनलाई प्रहरीले उद्धार गरी सिन्धुली अस्पताल पुर्‍याएपछि होस खुलेको थियो । उनलाई सेफ होममा राखेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा शारदाका श्रीमान सन्तोषले जग्गा कारोबारका लाागि स्थानीयसँग ऋण लिएको र उक्त पैसा तिर्न नसक्दा परिवारमा झगडा गरेपछि शारदा डिभोर्स गर्ने चरणमा पुगेकी थिइन् । जसका लागि परामर्शका लागि अदालत पुगेकी उनलाई स्थानीयले अपहरण गरेर घरमा ल्याएर श्रीमान श्रीमति दुवैलाई पोलमा बाँधेर कुटपिट गरेका थिए । 

सुरुमा श्रीमान श्रीमति दुवैलाई कुटपिट गरेपनि पछि भने श्रीमति एक्लैलाई कुटपिट गरेका थिए। यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते भएका छन्। उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ...
बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको...
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...

भर्खरै