नेभिगेशन
पर्यटन

एक महिनाको अवधिमा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

काठमाडौँ । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढको आयोजना प्रमुख डा रविन कडरियाले बताए। पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

“नेपाल भित्रने विदेशी पर्यटकमध्ये ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका तथ्याङ्कले देखाएको छ”, उनले भने, “यहाँ आउने दक्षिण एसियाली पर्यटकमा भारतीयको सङ्ख्या बढी छ ।”

नेपालमा मार्चदेखि मेसम्मको महिनालाई दोस्रो मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । नयाँ वर्ष आउन लागेको र वार्षिक परीक्षापछि शैक्षिक संस्थामा पनि बिदा हुने भएकाले यस याममा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्ने आयोजना प्रमुख डा कडरियाले बताए। पदयात्रा गर्न रुचाउने  आन्तरिक तथा बाह्य  पर्यटकका लागि यो याम उत्तम रहेको उनको भनाइ छ ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका छन् ।

यहाँको अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका यस क्षेत्र परिचित छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पर्यटन
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

हेटौँडास्थित सडक डिभिजन कार्यालयले वीरगञ्जका मुख्य सडक विस्तार तथा स्तरोन्नति गर्ने भएको छ।

भर्खरै