नेभिगेशन
विदेशका कुरा

इरानी सेनाद्वारा ट्रम्पको अभिव्यक्तिलाई ‘अहंकारी र आधारहीन धम्की’ भन्दै अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा नजिकिँदै गर्दा पनि तेहरानले आफ्नो अडान नछाड्ने सङ्केत दिएको छ ।

होर्मुज जलडमरूमध्य खोल्न दबाब बढ्दै जाँदा इरानले त्यसलाई बेवास्ता गर्दै सैन्य कारबाही जारी राख्ने जनाएको छ । इरानी सेनाले ट्रम्पको अभिव्यक्तिलाई ‘अहंकारी र आधारहीन धम्की’ भन्दै अस्वीकार गरेको छ । उनीहरूले पाँच हप्ताभन्दा बढी समयदेखि अमेरिका र इजरायलविरुद्ध जारी सैन्य कारबाहीमा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले मङ्गलबार मध्यरातसम्म इरानले रणनीतिक जलमार्गमा स्वतन्त्र आवागमन सुनिश्चित नगरे देशको महत्त्वपूर्ण पूर्वाधार ‘पूर्ण रूपमा ध्वस्त’ पारिने चेतावनी दिएका थिए । उनले इरानका पुल र विद्युत् केन्द्रहरू चार घण्टाभित्र नष्ट गर्न सकिने दाबीसमेत गरेका थिए।

Ncell
Extreme Energy

यस चेतावनीको जवाफमा इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय कमान्डले ट्रम्पलाई ‘भ्रमपूर्ण’ भन्दै अमेरिका र इजरायलविरुद्धको अभियान जारी रहने बताएको छ । उनीहरूले यसलाई ‘इस्लामका योद्धाहरूको दमन अभियान’ को निरन्तरता भएको उल्लेख गरेका छन् ।

यसैबीच, इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानबाट आफ्नो क्षेत्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई हवाई सुरक्षा प्रणालीमार्फत अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ । खाडी क्षेत्रभरि तनाव चुलिँदै जाँदा बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोनलाई रोक्न सक्रिय रहेको जनाएको छ ।

साउदी अरबले पनि आफ्नो पूर्वी क्षेत्रमा प्रक्षेपण गरिएका सातवटा ब्यालेस्टिक मिसाइलहरू अवरोध गरी नष्ट गरेको दाबी गरेको छ, जसका भग्नावशेष ऊर्जा संरचनानजिक खसेको बताइएको छ । कूटनीतिक प्रयासतर्फ, प्रस्तावित ४५ दिने युद्धविराम अझै टुङ्गोमा पुगेको छैन । पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा आएको प्रस्तावलाई सुरुमा सकारात्मक सङ्केत दिइए पनि पछि ट्रम्पले त्यसलाई पर्याप्त नभएको बताउनुभएको छ । इरानले पनि युद्धविराम अस्वीकार गर्दै द्वन्द्वको ‘निश्चित अन्त्य’ आवश्यक रहेको जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार इरानले भविष्यका आक्रमण रोक्ने ग्यारेन्टी र दक्षिणी लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहमाथि हुने आक्रमण अन्त्य गर्न माग राखेको छ । प्रस्तावअनुसार इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्दै प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिने र त्यसलाई ओमानसँग बाँड्ने योजना रहेको बताइएको छ ।

यसै सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले होर्मुज क्षेत्रमा उत्पन्न सङ्कटबारे प्रस्तावमाथि मतदान गर्ने तयारी गरेको छ । प्रारम्भिक मस्यौदामा बल प्रयोगको अनुमति दिने प्रावधान भए पनि स्थायी सदस्य राष्ट्रहरूको आपत्तिपछि त्यसलाई कमजोर बनाइएको स्रोतहरूले बताएका छन् ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि इरानले उक्त जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गर्दै आएको छ, जसका कारण विश्वव्यापी तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ ।

विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यसको प्रभाव विश्व बजारमा प्रत्यक्ष देखिएको छ । यसबीच, इरानले अमेरिकी धम्कीलाई ‘राज्य आतङ्कवाद’ को संज्ञा दिँदै त्यसले युद्ध अपराध र मानवीय सङ्कट निम्त्याउने चेतावनी दिएको छ । इरानी रिभोलुसनरी गार्ड्सले हालैको आक्रमणमा आफ्ना गुप्तचर प्रमुख माजिद खादेमिको मृत्यु भएको पुष्टि गर्दै ‘कडा प्रतिकार’ गर्ने जनाएको छ ।

इजरायलले भने कुद्स फोर्सका वरिष्ठ कमान्डर असगर बघेरी मारिएको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमाथि आक्रमण गर्ने जो कोहीलाई पनि जहाँसुकै पुगेर कारबाही गरिने चेतावनी दिएका छन्। यो अवस्थाले क्षेत्रीय द्वन्द्व थप चर्किने र विश्व ऊर्जा सुरक्षामा गम्भीर असर पर्ने सङ्केत देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
सुनसरी घटनाको छानबिन गर्न माग गर्दै प्रदर्शन

सुनसरी घटनाको छानबिन गर्न माग गर्दै प्रदर्शन

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज भएको घटनाको छानबिनको माग गर्दै हिन्दु संघ–संस्थाकम आवद्ध युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु

प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु

सांसदहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष निर्वाचन सम्पन्न कसरी गर्ने, विद्यमान निर्वाचन कानुनमा हुनुपर्ने संशोधन, विदेशमा रहेका मतदाताको मतदान विषयमा प्रश्नसहित प्रतिबद्धता माग गरेका...
सदस्य राष्ट्रहरूको साझा चुनौतीहरू सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकः परराष्ट्रमन्त्री खनाल

सदस्य राष्ट्रहरूको साझा चुनौतीहरू सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले बिमस्टेक चार्टरको कार्यान्वयनसहित संगठनको संस्थागत सुदृढीकरणका लागि भइरहेका प्रयासहरूको स्वागत गरे । उनले जनस्तरबीच सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन, संस्कृति तथा जनस्तरबीचको आदान–प्रदानमार्फत क्षेत्रीय...
नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।