नेभिगेशन
विदेशका कुरा

मस्कोमा नयाँ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा सहभागी नेपालीहरू ती कलाकारका साङ्गीतिक प्रस्तुतिसँगै रमाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमका प्रमुख अतिथि रसियाका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले रुसमा कोभिड–१९ को महामारीपछि नेपालबाट कलाकार ल्याएर गरिएको यो कार्यक्रम पहिलो भएको उल्लेख गरेका थिए। उनले यसप्रकारका कार्यक्रमले परदेशमा पनि नेपाली कला र संस्कृति जोगाउन सहयोग पुगेको बताए ।

Ncell
Extreme Energy

उनले भने, “नेपालीहरु नेपालबाट बाहिर गए पनि आफ्नो हृदयबाट नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन्, यो कार्यक्रम त्यसैको प्रतिफल हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी छु ।”

त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल (मिलन)ले कार्यक्रम आयोजनाका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिएका थिए। उनले यस्तो कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक रहने बताए। उनले लामो समयपछि ठूलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएको बताए।

एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाइराख्न र यसको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए।

उनले आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम आयोजना गरी नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने बताए।
त्यस अवसरमा नेपालबाट यहाँ आएका कलाकारका साथै रुसमा रहेका नेपालीहरुले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।