नेभिगेशन
सबै कुरा

मुगु छुवाछूत तथा यौन हिंसा प्रकरण : गाउँपालिकाका शिक्षा शाखा प्रमुखविरुद्ध यौन हिंसाको मुद्दा दर्ता

मुगु : मुगुकी दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। 

उनले मुगुको सोरु गाउँपालिका–९ स्थित खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसी कुमारी विश्वकर्मालाई यौन हिंसा गरेको आरोप छ । उनै स्वास्थ्यकर्मी विकले मल्लविरुद्ध जिल्ला अदालत मुगुमा यौन हिंसाको मुद्दा दिएकी हुन्।  

CG

केही दिनअघि मात्र तुलसीले जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालासँग तुलसीले दुख बिसाउँदै भनेकी थिइन्, ‘शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै भेट्न आउँछु भन्थे ।’

त्यस्तै मल्लले मात्रै होइन गाउँ का अन्य युवाहरूले समेत बिरामी बहाना गराएर मध्यरातमा  फोन गर्ने, रक्सी खाएर यौन प्रस्ताव गर्दै मानसिक तनाव दिनेगरेको बताएकी थिइन् । 

यसअघि नै उनीविरुद्ध जातीय विभेद गरेको आरोपमा खनैयाँ स्वास्थ्यचौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र किराना पसल सञ्चालन गर्ने धनप्रसाद भट्ट पक्राउ परेको थिए । उनीहरुलाई हाल हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते भएका छन्। उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ...
बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको...
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...

भर्खरै