नेभिगेशन
सबै कुरा

प्रेमीसँग भाग्न तयार भएकी श्रीमतिलाई श्रीमानले लखेटेर गरे हत्या

प्रेमीसँग भाग्न तयार भएकी श्रीमतिलाई श्रीमानले लखेटेर हत्या गरेका छन् ।

श्रीमति रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले बिहिबार पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका–७ का ३६ वर्षीय रत्नबहादुर घर्ती रहेका छन् ।

जिल्ला प्रहरी कास्कीका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । २ जना बच्चासमेत भएका उनीहरुबिच केही समययता सम्बन्ध बिग्रिएको थियो । सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्को पुरुषसँग प्रेम भएको र उनी सोही पुरुषसँग बिहिबार भाग्ने तयारीमा थिइन् । 

उनीहरुको भाग्ने तयारीको सुइँको पाएपछि रत्नबहादुरले उनीहरु दुवैजनालाई लखेटेका थिए । लखेट्ने क्रममा रत्नबहादुरले श्रीमतिलाई तोरीबारीमा भेटेको र आफूले लगाएको जुत्ताको तुना निकालेर घाँटीमा कसेर हत्या गरेका हुन् । 

उनले हत्या गरेको देख्ने प्रत्यक्षदर्शीले प्रहरीलाई सम्पर्क गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनलाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको थियो । त्यस्तै उनमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै