नेभिगेशन
सबै कुरा

प्रेमीसँग भाग्न तयार भएकी श्रीमतिलाई श्रीमानले लखेटेर गरे हत्या

प्रेमीसँग भाग्न तयार भएकी श्रीमतिलाई श्रीमानले लखेटेर हत्या गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीमति रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले बिहिबार पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका–७ का ३६ वर्षीय रत्नबहादुर घर्ती रहेका छन् ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कास्कीका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । २ जना बच्चासमेत भएका उनीहरुबिच केही समययता सम्बन्ध बिग्रिएको थियो । सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्को पुरुषसँग प्रेम भएको र उनी सोही पुरुषसँग बिहिबार भाग्ने तयारीमा थिइन् । 

उनीहरुको भाग्ने तयारीको सुइँको पाएपछि रत्नबहादुरले उनीहरु दुवैजनालाई लखेटेका थिए । लखेट्ने क्रममा रत्नबहादुरले श्रीमतिलाई तोरीबारीमा भेटेको र आफूले लगाएको जुत्ताको तुना निकालेर घाँटीमा कसेर हत्या गरेका हुन् । 

उनले हत्या गरेको देख्ने प्रत्यक्षदर्शीले प्रहरीलाई सम्पर्क गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनलाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको थियो । त्यस्तै उनमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...

भर्खरै