नेभिगेशन
विदेशका कुरा

ट्रम्पको नयाँ कर लगाउने धम्कीमा चीनको कडा चेतावनी

अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्किने सङ्केत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश दिएको छ ।

अमेरिकाले चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । ट्रम्पले अर्को महिना चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको भेटअघि नै तेहरानलाई हतियार सहयोग गरेमा चिनियाँ सामानमा ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही दिन अमेरिकी सञ्चारमाध्यम सिएनएनले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै चीनले आगामी केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउन सक्ने सङ्केत गरेको खबर सार्वजनिक गरेको थियो । यसअघि सप्ताहन्तमा द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधबाट प्रहार गर्न सकिने मिसाइलहरू पठाएको हुन सक्ने दाबी गरेको थियो ।

Ncell
Extreme Energy

तर चीनले यी सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा ती रिपोर्टहरू ‘पूर्णतया बनावटी’ भएको प्रतिक्रिया दिए। उनले अमेरिकाले यस्ता दाबीलाई बहाना बनाएर थप कर लगाउने प्रयास गरे चीनले कडा प्रतिक्रिया दिने स्पष्ट पारेका छन्।

चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । विशेषगरी चीन इरानको प्रमुख तेल खरिदकर्ता हो । यद्यपि दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन । विश्लेषकहरूका अनुसार बेइजिङले इरानसँगको सम्बन्धलाई मुख्यतः आर्थिक र व्यावहारिक दृष्टिकोणबाट हेर्ने गरेको छ ।

यससँगै चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि बलियो आर्थिक सम्बन्ध कायम राखेको छ । पछिल्लो द्वन्द्वका क्रममा इरानले ती देशहरूलाई लक्षित गरी गरेको आक्रमणप्रति चीनले आलोचना समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय चर्चित वातावरण तथा शिक्षा अभियानी सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको भोक हड्ताल तोडेका छन् ।
भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरण र व्यापक अनियमितताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएको छ।
इरानी गृहमन्त्री मोमेनी पाकिस्तान आउने

इरानी गृहमन्त्री मोमेनी पाकिस्तान आउने

यो भ्रमण पाकिस्तानले लामो समयदेखि गरिरहेको अमेरिका र इरानबीचको लडाइँ रोक्ने मध्यस्थता प्रयाससँग जोडिएको वार्ता भएको वताए पनि यसबारे मन्त्री मोमेनीले विस्तृत जानकारी दिए ।