नेभिगेशन
क्रिकेट

प्रधानमन्त्री कपः कर्णालीलाई ९ विकेटले हराउँदै गण्डकी विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ ।

मंगलबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको हो । कर्णालीले २५ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेको थियो । कर्णालीका प्रकाश जोशीले ३६ बलमा १५ रन जोडेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, कर्णालीका दिवन पुनले २७ बलमा १४ रन जोडे । गण्डकी प्रदेशका विपिन खत्रीले पाँच विकेट र अपराजित पौडेलले तीन विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्मा उत्रिएको गण्डकीले १३ ओभरमा एक विकेट गुमाउँदै ७४ रन जोडेको थियो ।

Ncell
Extreme Energy

गण्डकीका तर्फबाट सिब्रिन श्रेष्ठले ३४ बलमा ४० रन र दीपक डुमे्रले १८ बलमा २२ रन जोडेका थिए । कर्णाली प्रदेशका विपिन शर्माले एक विकेट लिएका थिए । आजको खेलमा गण्डकी प्रदेशका विपिन खत्री ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

भर्खरै