नेभिगेशन
समाज

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोहली एकदिवसीय (ओडिआई)मा सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी बनेका छन् । उनले ३०३ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

Ncell
Extreme Energy

यसअघि भारतकै सचिन तेन्दुलकरले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३७७ औँ इनिङ्स खेल्दै १५ हजार रनको आँकडा पार गरेका थिए । विराट कोहलीले सचिनको सोही रेकर्डलाई ७४ इनिङ्सअगावै (३०३ इनिङ्समा) तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । 

भारतको सानदार जित

भारतको केरलास्थित तिरुवनन्तपुरममा आइतबार भारत र वेस्ट इन्डिजबीच खेलिएको पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतले ८ विकेटको जित निकालेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर २९५ रन बनायो । वेस्ट इन्डिजका तर्फबाट जस्टिन ग्रेभ्सले १०१ रन बनाए ।

भारतीय टोलीले ४१.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो । विराट कोहलीले छक्का प्रहार गर्दै खेल भारतको नाममा गराए । विराट कोहलीले ८८ बलमा १३९ रन बनाए भने शुभमन गिलले १०८ बलमा ११० रन बनाए ।

भारतका तर्फबाट कुलदीप यादवले चार विकेट लिए । त्यस्तै प्रसिद्ध कृष्णाले २ र नितिश कुमार रेड्डीले एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात सेवा प्रभावित

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात सेवा प्रभावित

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान  माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज सात दिनभित्र खोल्न इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेका छन् । इरानले यसमा कडा प्रतिक्रिया जनाएको छ ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ।