नेभिगेशन
समाज

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोहली एकदिवसीय (ओडिआई)मा सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी बनेका छन् । उनले ३०३ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

Ncell
Extreme Energy

यसअघि भारतकै सचिन तेन्दुलकरले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३७७ औँ इनिङ्स खेल्दै १५ हजार रनको आँकडा पार गरेका थिए । विराट कोहलीले सचिनको सोही रेकर्डलाई ७४ इनिङ्सअगावै (३०३ इनिङ्समा) तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । 

भारतको सानदार जित

भारतको केरलास्थित तिरुवनन्तपुरममा आइतबार भारत र वेस्ट इन्डिजबीच खेलिएको पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतले ८ विकेटको जित निकालेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर २९५ रन बनायो । वेस्ट इन्डिजका तर्फबाट जस्टिन ग्रेभ्सले १०१ रन बनाए ।

भारतीय टोलीले ४१.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो । विराट कोहलीले छक्का प्रहार गर्दै खेल भारतको नाममा गराए । विराट कोहलीले ८८ बलमा १३९ रन बनाए भने शुभमन गिलले १०८ बलमा ११० रन बनाए ।

भारतका तर्फबाट कुलदीप यादवले चार विकेट लिए । त्यस्तै प्रसिद्ध कृष्णाले २ र नितिश कुमार रेड्डीले एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।