नेभिगेशन
क्रिकेट

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

काठमाडौँ । आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवान्डासँग डबल राउन्ड रोबिन लिगमा प्रतिस्पधा गर्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली महिला टोली पहिलो पटक रुवान्डा गएर खेल्न लागेको हो । घाइते भएपछि इन्दु मैदान बाहिर रहेकी कप्तान इन्दु यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा फर्किएकी छन्। विदाई कार्यक्रममा कप्तान इन्दुले प्रतियोगिताका लागि आफु सम्पूर्ण रुपमा तयार रहेको बताइन्।

Ncell
Extreme Energy

बिगतका खेलमा भएका कमी कमजोरी सुधार गर्दै जीत हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने उनले बताइन्। त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक राम्रो तयारी भएकाले नेपालको पक्षमा नजिता आउने विश्वास व्यक्त गरे।

नेपाली टोलीको कप्तानमा इन्दु र उपकप्तानको जिम्मेवारीमा पूजा महतो रहनुभएको छ भने बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, रूबिना क्षेत्री र रचना चौधरी टीममा समावेश छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

भर्खरै