नेभिगेशन
सबै कुरा

कोरिया जान नपाएकाहरुले सार्वजनिक यातायात तोडफोडपछि मन्त्रीको गाडीमा गरेका थिए आगजनी

कोरिया जान पाउँ भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाहरुले सार्वजनिक यातायात तोडफोड गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले मन्त्रीको गाडीमा आगो झोस्नुपूर्वनै बा ५ ख ८७१७ नम्बरको बागमती यातायातको बसमाथि तोडफोड गरेका हुन् । ढुंगा र इँटा प्रहारबाट बसका सिसा अधिकांश फुटेका छन् । 

Extreme Energy
citizen life

बसमाथि तोडफोड गरेपछि झनै उग्र बनिरहेको भिड मन्त्रीको गाडी आउनासाथ रोकेर आगो लगाएका थिए । यातायात मन्त्री प्रकाश ज्वालाका प्रेस संयोजकका अनुसार पार्टी बैठकमा मन्त्रीलाई छोडेर सिंहदरबार फर्कँदै गरेको गाडीमा प्रदर्शनकारीले आगजानी गरेका हुन् । 

आगजनीमा उत्रिएका ५ प्रदर्शनकारीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...
अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई...
कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो ।