नेभिगेशन
जनताका कुरा

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए । घाइते भएकामध्ये ठालुप्रसादकी ४२ वर्षीया श्रीमती माया जैशीको काठमाडौँस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एक्कबहादुर नेपालीले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागीमा परी घाइते भएका अन्य दुई जना रुपा जैशी र ठालुप्रसादका छोरा गणेश गौतमको काठमाडौँमै उपचार भइरहेको छ । घाइते उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँमा लगिएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनताका कुरा
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...