नेभिगेशन
समाज

बिचौलियाका कारण उत्पादक र उपभोक्ता दुबै ठगिएको केरा किसानको गुनासो

काठमाडौँ । नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणासम्म महङ्गोमा केरा बिक्रिबितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्याधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किसानले बारीबाट स्थानीय जात(मालभोग) रु ७० देखि ८५ प्रति दर्जन र हाइव्रिड जातको रु ५० देखि ६० प्रतिदर्जनमा बिक्रि गरिरहेको महासंघले जनाएको छ । तर त्यहि केरा आम उपभोक्ताले ३५० देखि ४ सय रुपैयासम्ममा किन्नुपर्ने अवस्था बिचौलिका कारण नै आएको महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए । उनले राज्यले तत्काल बजारमा हस्तक्षेप गरि अनावश्यक रुपमा भएको मूल्यबृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

त्यस्तै अध्यक्ष पन्तले केराको आयातमा नियन्त्रण गर्ने सरकारको कदम सराहनीय र प्रशंसनीय रहेकाले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने धारणा व्यक्त गरे । उनले राज्यले सहि नीति र प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी दुई बर्षभित्र केरामा पूर्ण आत्मनिर्भर बन्न सकिने बताए ।

उनले बार्षिक ९ लाख मेट्रिक टन केरा खपत हुने गरेकामा करिव ७ लाख मेट्रिक टन केरा उत्पादन भइरहेको जानकारी दिए। महासंघले बजार अनुगमन प्रभावकारी बनाउन, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।

भर्खरै