नेभिगेशन
विदेशका कुरा

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ ।

यसैबीच क्षेत्रीय तनाव चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युद्धविरामलाई केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताएका छन्। इरानले भने पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे थप प्रतिक्रिया दिएको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इस्लामाबादमा भएको प्रारम्भिक वार्तामा इरानी टोलीको नेतृत्व गर्नुभएका संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले नौसैनिक नाकाबन्दी कायम रहँदा युद्धविरामको अर्थ नरहने स्पष्ट पारेका छन्। उनका अनुसार युद्धविरामको स्पष्ट उल्लङ्घन भइरहेकाले होर्मुज जल डमरूमध्य खोल्ने अवस्था छैन ।

Ncell
Extreme Energy

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तेल बजारमा अस्थिरता बढेको छ । युद्ध फेरि भड्किने आशङ्काले मूल्य उकालो लाग्दै आएको छ, यद्यपि अमेरिकी सेयर बजारले केही स्थिरता देखाएको छ । ट्रम्पले इरानको नेतृत्वलाई प्रस्ताव ल्याउन समय दिन खोजेको बताए। जसलाई कतिपयले नयाँ युद्ध टार्ने कूटनीतिक प्रयासका रूपमा हेरेका छन् ।

इरानले वार्तामा औपचारिक सहभागिता पुष्टि नगरेको अवस्थामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण स्थगित भएको छ । तथापि, ट्रम्पले केही दिनभित्रै वार्ता पुनः सुरु हुन सक्ने बताएका छन्। यसैक्रममा ट्रम्पले इरानले मृत्युदण्ड दिन लागेको भनिएका आठ महिलाको सजाय रोकिएको दाबी गरे पनि इरानी न्यायपालिकाले त्यसलाई ‘गलत सूचना’ भन्दै खारेज गरेको छ ।

उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज हुँदै जाने दुई जहाज नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये पनामा झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ र लाइबेरियाको ‘एपामिनोन्डास’ रहेको बताइएको छ । पनामाले यस घटनालाई समुद्री सुरक्षामाथिको गम्भीर आक्रमण भनेको छ भने बेलायतस्थित समुद्री निगरानी संस्थाहरूले पनि जल डमरूमध्यमा सैन्य गतिविधि बढेको पुष्टि गरेका छन् ।

ओमान नजिकै एक कन्टेनर जहाजमाथि गोली प्रहार हुँदा संरचनात्मक क्षति पुगे पनि मानवीय क्षति नभएको रिपोर्ट सार्वजनिक भएको छ । उता, अमेरिकी सेनाले इरानी बन्दरगाहसँग सम्बन्धित जहाजहरू रोक्ने प्रयास जारी राखेको छ, जसले पूर्ण युद्ध बिना नै इरानमाथि आर्थिक दबाब बढाउने रणनीति देखिन्छ । यसैबीच पेन्टागनले अमेरिकी नौसेनाका सचिव जोन फेलानले तत्काल पद छोड्ने घोषणा गरेको छ, तर यसको कारण खुलाइएको छैन । रक्षामन्त्री पीट हेग्सेथको नेतृत्वमा उच्च तहमा फेरबदल भइरहेको सङ्केत देखिएको  छ ।

इरानले अब होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि युद्धविरामका बेला स्वतन्त्र आवागमन दिने बताएको इरानले अमेरिकी नाकाबन्दीपछि नीति कडा बनाएको हो । दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन् । यता इरानसँगको तनावबीच लेबनान र इजरायलबीचको अवस्था पनि तनावपूर्ण नै रहेको छ । युद्धविराम घोषणा भए पनि इजरायली आक्रमणमा थप पाँच जनाको ज्यान गएको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सीमा क्षेत्रमा भएको हमलामा पत्रकार अमल खलिलको मृत्यु भएको र अर्की पत्रकार जीनाब फराज घाइते भएकी छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकहरूमाथि भएको आक्रमणमा घाइते भएका दोस्रो फ्रान्सेली सैनिकको पनि मृत्यु भएको जानकारी दिए। उक्त घटनाको जिम्मेवारी हिजबुल्लाहले अस्वीकार गरेको छ ।

इजरायल र लेबनानबीच वासिङ्टनमा हुने दोस्रो चरणको वार्तामा युद्धविराम एक महिना थप गर्न आग्रह गरिने बताइएको छ । लेबनानले इजरायली आक्रमण रोक्न र युद्धविरामको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न दबाब दिने तयारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा भयो ११ निर्णय

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा भयो ११ निर्णय

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच छलफल भएको छ ।
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...

भर्खरै