नेभिगेशन
समाज

काठमाडौं उपत्यकामा वायु गुणस्तर खस्किँदै ‘धेरै अस्वस्थ’(तस्बिरहरु)

काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको हो। एयर क्वालिटी इन्डेक्स ‘एक्युआई’का अनुसार मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक बिहीबार बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ। एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’ ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने संकेत देखिएको जानकारी दिइन्। विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ।  मौसमविद् उज्ज्वल उपाध्यायले काठमाडौंको वायु प्रदूषणले घातकको तह पार गरेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन् । अहिलेको काठमाडौंको वायु प्रदूषणले दैनिक १२ वटा चुरोट खाएबराबर हानि गर्छ।
तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना र नेपाल फोटो लाइब्रेरी

Pollution_Swoyambhu_NPL_PCT-(8)-1776937761.JPG

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Pollution_Swoyambhu_NPL_PCT-(9)-1776937761.JPG

Ncell
Extreme Energy

Pollution_Swoyambhu_NPL_PCT-(7)-1776937755.JPG

Pollution_Swoyambhu_NPL_PCT-(1)-1776937748.JPG

1000444289-1776937725.jpg

1000444285-1776937703.jpg

1000444287-1776937708.jpg

1000444290-1776937726.jpg

1000444286-1776937707.jpg

1000444291-1776937730.jpg

1000444292-1776937742.jpg

1000444288-1776937712.jpg

1000444283-1776937696.jpg

1000444284-1776937696.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...