नेभिगेशन
समाज

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

काठमाडौँ । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन भत्किएको मौका छोपेर अन्य स्थानमा व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीसँग अनावश्यक घरभाडा वृद्धि नगर्न अनुरोध गरेको छ ।

गत आइतबार डिभिजन सडक हेटौँडाले यहाँको गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक अतिक्रमित गरेर बनाइएका घरटहरा भत्काएको थियो । मुख्य सडकका संरचना भत्काएपछि भित्रीसडकमा रहेका घर तथा संरचनाको भाडा एक्कासी बढेको जनगुनासो आइरहेकाले महानगरको ध्यानाकर्षण भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगञ्ज महानगर राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गरेर महानगरभित्र पर्ने त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकको घर भत्किएको मौका छोपेर अन्य स्थानका घरधनीहरूले सम्झौताबमोजिम बहालमा बसिरहेका व्यवसायीसँग अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडा पाइने लोभमा सम्झौताअगावै हटाउन खोज्ने, अनधिकृत रूपमा धरौटी माग गर्ने लगायतको गुनासो आएकाले सो नगर्नका लागि सचेत गराएको छ ।

Marvel
Extreme Energy

महानगर राजस्व व्यवस्थापन महाशाखा प्रमुख मनोजकुमार कर्णले घर, कोठा, सटर र गोदाम आदि बहालमा लेनदेन गर्दा दुवै पक्षबीच दबाबरहित र यथार्थ भाडादर तय गरी गराई सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराएर आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...