नेभिगेशन
समाज

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न शिक्षा मन्त्रीसमक्ष माग

काठमाडौँ । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सरकारसमक्ष माग गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई बिहीबार मन्त्रालयमा भेट गरी सांसदहरूले हिमाली जिल्लामा मङ्सिरदेखि फागुन महिनासम्म अत्यधिक हिमपात हुने कारण विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति तथा समग्र शैक्षिक क्यालेन्डरमा प्रत्यक्ष प्रभाव पर्ने गरेकाले शैक्षिकसत्रको समय मौसम अनुकूल व्यवस्थापन गर्न माग गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै, सांसदहरूले हिमाली क्षेत्रमा विद्यार्थीको पठनपाठन, शैक्षिक पूर्वाधार र स्रोतसाधन व्यवस्थापनमा व्यावहारिक कठिनाइ भइरहेकाले आवश्यक सहजीकरण गरिदिन शिक्षामन्त्रीसमक्ष अनुरोध गरेका थिए। सो अवसरमा शिक्षामन्त्री पोखरेलले हिमाली क्षेत्रका शैक्षिक समस्या समाधानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे। उनले हिमाली क्षेत्रमा मौसमका कारण विद्यार्थीको पठनपाठनमा समस्या नहुने गरी शैक्षिक क्यालेन्डर बनाउन पनि आग्रह गरेका छन्।

Marvel
Extreme Energy

हिमाली क्षेत्रको समस्या समाधानका उपाय पहिचान गरी व्यावहारिक तथा क्षेत्र अनुकूल शैक्षिक क्यालेन्डर निर्माण गर्न आवश्यक देखिएको हुनाले उक्त विषयमा हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको अनुभव, सुझाव लिन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

छलफलमा हिमाली भेगका विद्यार्थीको पहुँच, शैक्षिक गुणस्तर, पूर्वाधारका चुनौतीका साथै जलवायु परिवर्तनको जोखिम र त्यसले शिक्षा क्षेत्रमा पार्ने प्रभावबारे पनि विचार–विमर्श भएको छ । शिक्षामन्त्रीसँगको छलफलमा हिमाली क्षेत्रबाट निर्वाचित सांसदहरू उपस्थित भएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...