नेभिगेशन
समाज

थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न महानगरको माइकिङ

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमति नदि किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले आज साँझ माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरेको हो । 

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली महानगर प्रहरीले माइकिङ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थापाथलीका सुकुम्बासी बस्ती पुगेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्रीबाट सुधन गुरुङले राजीनान दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले उक्त मन्त्रालयको नेतृत्व लिएका छन् । उनले नेतृत्व सम्हालेकै दिन अर्थात बुधबार सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका थिए । 

Ncell
Extreme Energy

बालेन काठमाडौँ महानगरको मेयर भएको समयमा पनि बस्ती हटाउने प्रयास गरेका थिए । तर तत्कालिन समयमा बस्तीका मानिसहरुले आक्रमण गर्दा नगर प्रहरीहरु घाइते भएका थिए । अवस्था जटिल बन्नसक्ने आंकलन गर्दै त्यतिबेला महानगर पछि हटेको थियो । 

यता नदि किनारमा टहरा हालेर बसेकाहरुले ठाउँ नछोड्ने अडान लिएका छन् । उनीहरुले आवश्यक परे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

sukumbasi-basti-miking-(6)-1776956247.JPG

sukumbasi-basti-miking-(7)-1776956247.JPG

sukumbasi-basti-miking-(4)-1776956245.JPG

sukumbasi-basti-miking-(4)-1776956245.JPG

sukumbasi-basti-miking-(5)-1776956245.JPG

sukumbasi-basti-miking-(2)-1776956244.JPG

sukumbasi-basti-miking-(3)-1776956244.JPG

sukumbasi-basti-miking-(8)-1776956243.JPG

sukumbasi-basti-miking-(1)-1776956243.JPG

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...